विश्वभर फेसबुक म्यासेन्जर तथा इन्स्टाग्राममा समस्या देखिएको छ ।
आज दिउसोदेखि धेरै प्रयोगकर्ताहरूले फेसबुक तथा इन्स्टाग्राममा समस्या देखिएको गुनासो गरिरहेका छन् ।
बिहीबार फेसबुकले सञ्चालन गरेका म्यासेन्जर र इन्स्टाग्राम डाउन भएका हुन् । डाउन डिटेक्टरले सामाजिक सञ्जालबारे धेरै गुनासो आइरहेको उल्लेख गरेको छ ।
डाउन डिटेक्टरमा आएका समस्याहरूमध्ये ७९ प्रतिशत फेसबुक म्यासेन्जरको समस्या भएको बताइएको छ ।
म्यासेन्जरमा म्यासेज पठाउन तथा लग इन गर्नमा समस्या देखिएको बताइएको छ ।
३७ प्रतिशतले फेसबुक एपको बारेमा गुनासो राख्दा ३० प्रतिशतले भने लग इनमा समस्या भएको गुनासो टिपाएका छन् ।
डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।
नेपालमा पनि उक्त समस्या देखिएको छ । म्यासेज पठाउँदा नजाने समस्या देखिन थालेपछि सामाजिक संजाल प्रयोगकर्ता निरास बनेका छन् । म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरनेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् ।
यी रोचक समाचारहरु छुटाउनु भयो कि ?
चार्जमा राखिएको थियो आइफोन, बाथटबमा खस्दा २४ वर्षीयाको मृत्यु
फोटो खिचाए बापत जेल जीवन भोगिरहेकी मोडलका १८ तस्विर हेर्नुहोस !