काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा दुई वटा विधेयक सदनसमक्ष प्रस्तुत गरिएको छ ।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)का तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ती विधेयकहरू प्रस्तुत गरेकी हुन् ।
सदनमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ तथा मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पेश गरिएको हो ।
दुवै विधेयक प्रस्तुत भएपछि आजको बैठकको कार्यसूची समाप्त भएको घोषणा गर्दै बैठक स्थगित गरिएको छ । सभामुख डीपी अर्यालले अर्को बैठक आउँदो बिहीबार बिहान ११ बजे बस्ने जानकारी दिएका छन् ।