काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आफैँ जवाफ नदिने भएका छन् । संसदको कार्यसूची नै फेरेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिने भनिएको छ ।
बिहान आएको कार्यसूचीमा प्रधानमन्त्रीले जवाफ दिने भनिएकोमा त्यसलाई अहिले सच्याइएको हो ।
हिजो प्रतिपक्षी दलहरुले प्रधानमन्त्री आफैंले जवाफ दिनुपर्ने माग गर्दै दिनभर संसद अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीसँग आफूले संवाद गर्ने बताएका थिए । तर प्रधानमन्त्री आज पनि संसद आउन तयार भएनन् ।