चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गेलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन् ।
प्रहरीले ‘ग्रेटर नेपाल’को ब्यानर सहित उनलाई पक्राउ गरेको हो । उनलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।
रक्षामन्त्री फेङ्हे नेपालको एकदिने भ्रमणका लागि काठमाडौँ आइसकेका छन् । चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको उनले बताएका छन् ।
फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको समेत बताए ।