महोत्तरीकी २२ वर्षीया युवतीको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ ।
बर्दिबास–२ निवासी ती युवतीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
युवतीको आज बिहान २ बजेर ५० मिनेटमा मृत्यु भएको हो । उनलाई मंसिर २ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो भने सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । जनकपुर सिटि अस्पतालबाट रिफर भएर उनी प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।
सुत्केरी भएपछि उच्च रक्तचाप र पिसाबमा उच्च प्रोटिन देखिएपछि उनलाई बीपीमा प्रतिष्ठानमा रिफर गरेको थियो ।
श वको व्यवस्थापन नियमअनुसार भइरहेको अस्पतालको भनाइ छ ।