पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र हिसिला यमीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष समेत रहेका डा. भट्टराई र उनकी श्रीमती हिसिला यमी कोरोना संक्रमण भएपछि लगभग एक महिना आइसोलेशनमा बसेका थिए ।
यसअघि तीन पटकसम्म स्वाब परिक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको थियो।
डा.भट्टराईले ट्वीट गर्दै एक महिनापछि कोभिड १९ को जितेको बताएका छन् ।
एक महिनापछिCOVID-19संग हामी दुवैले युद्धविराम गरियो र -veरिपोर्ट प्राप्त गरियो।यो युद्धविराम हो,विजय हैन।यो महाब्याधीलाई एक्लाएक्लै जित्न सकिन्न,मानवजातिले संयुक्त रूपमा जित्नुपर्छ।अत: सबैले नियमित सुरक्षा विधि जारी राखौं!शुभकामना र विविध सहयोग गर्नुहुने सबैलाई मुरीमुरी धन्यवाद!
— Baburam Bhattarai (@brb1954) November 22, 2020
डा.भट्टराई कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेका बेला तराईका जिल्लामा आयोजित पार्टीका विभिन्न कार्यक्रममा सहभागी भएका थिए।
स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कात्तिक ८ गते कोरोना पोजेटिभ देखिएको थियो।