टेलिभिजन प्रसारणका लोकप्रिय हास्य कलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई ला गु औ षध केसमा गिर फ्तार गरेर मुम्बइमा ४ डिसेम्बर सम्मका लागि न्यायिक हिरास तमा पठाइएको बताइएको छ ।
बीबीसी हिन्दीले नार्को टिक्स क न्ट्रोल ब्यूरो (एनसीबी) काअधिकारीहरूलाई उदृत गर्दै भारती सिंह र उनका श्रीमान् माथि गाँ जा सेवन गरेको मामिला रहेको लेखेको छ ।
ला गुऔ षधसम्बन्धी आरोपमा भारतीय हास्यकलाकार भारती सिंहलाई गिर फ्तार गरिएको एक दिन पछि उनका श्रीमान् हर्ष लिम्बाचिया पनि आइतवार पक्राउ परेका थिए ।
भारतको ना र्कोटिक्स क न्ट्रोल ब्यूरो (एनसीबी) का जोनल निर्देशक समीर वानखेडेले भारती सिंहका श्रीमान् हर्षलाई आइतवार गि रफ्तार गरिएको समाचार संस्था पीटीआईसँग पुष्टि गरेका छन् ।
उनीहरूको घरबाट ला गुऔ षध गाँ जा बरामद गरिएको एनसीबीका अधिकारीहरूले बताएका छन् । यसअघि मुम्बईको अँधेरीस्थित भारती सिंहको घरमा गाँ जा भेटिएपछि एनसीबीका अधिकारीहरूले शनिवार उनलाई गिर फ्तार गरेका थिए ।
के छ आरोप ?
एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उनका श्रीमान्माथि गाँ जा राखेको विषयमा आ रोप छ । एनसीबीले भारती सिंहको घरमा ८६.५ ग्राम ला गुऔ षध फेला पारिएको जनाएको थियो । उनका श्रीमान् हर्ष लिम्बाचिया पटकथा लेखक हुन् ।
रीयालिटी सो इन्डियाज बेस्ट डान्सर कार्यक्रम चलाउने यी दम्पतीलाई सोधपुछका लागि भन्दै प क्राउ गरिएको विवरणहरूमा जनाइएको छ ।अधिकारीहरूका अनुसार मनोरञ्जन उद्योगमा हुने भनिएको अवैध ला गुऔ षधको प्रयोग बारेको अनुसन्धान अन्तर्गत नै यी दम्पतीको घरमा छा पा मारिएको हो ।
गत जुन महिनामा मृत्यु भएका बलिवूड नायक सुशान्त सिंह राजपूतसँग सम्बन्धित घटनाबारे अनुसन्धान भइरहँदा थुप्रै कलाकारमाथि यसअघि पनि एनसीबीले सोधपुछ गरिसकेको छ ।
३४ वर्षीय राजपूत गत जुन १४ तारिखमा मुम्बईस्थित आफ्नो फ्ल्याटमा मृ त अवस्थामा फेला परेका थिए । त्यतिबेला प्रहरीले उनले आ त्म ह त्या गरेको जनाएको थियो ।