खोटाङ । खोटाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर मृत्यु भएको हो ।
गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुन:सञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधवार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए ।