काठमाडौँ । अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्ने भएको छ । बिहीबार बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।
बुधबार मात्रै विपक्षी दलहरूको बैठक काँग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।
सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरू एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।