विगत २४ घण्टामा नेपालभरि थप २ हजार ५७१ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १ हजार ४१ महिला र १ हजार ५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ जसमध्ये १ लाख ५९ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १ हजार १२६ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लो २४ घन्टामा १ हजार ७९८ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १ हजार ४२८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार १३६, ललितपुरका २०१ र भक्तपुरका ९१ जना छन् ।