काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाने भएका छन् । भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी आइतबार भारत जान लागेका हुन्।
उनीसँगै पूर्वमन्त्री हिसिला यमि पनि कार्यक्रममा सहभागी हुनेछिन् । डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।
यो कार्यक्रममा डा. अम्बेडकरको जन्मजयन्तीको अवसरमा ११ वर्षदेखि आयोजना हुँदै आएको छ । कार्यक्रम आगामी वैशाख १ गते आयोजना गरिएको छ ।
भारत भ्रमणका क्रममा वैशाख २ गते साउथ एसियन यूनिभर्सिटी नयाँ दिल्लीको कार्यक्रममा प्रमुख वक्ता पनि भट्टराई सहभागी हुने उनको सचिवालयले जनाएको छ ।
भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने कार्यतालिका रहेको छ ।