काठमाडौँ। सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नेपाली काँग्रेसका शिवराज भट्ट नियुक्त भएका छन् । सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले भट्टलाई वन मन्त्रीमा नियुक्त गरेका हुन् ।
भट्ट बैतडीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद हुन् । नवनियुक्त मन्त्री भट्टको शपथ ग्रहण आजै साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ ।
गत असारदेखि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी स्वयम् मुख्यमन्त्री शाहले सम्हालिरहेका थिए ।