काठमाडौँ – पूर्वमन्त्री तथा स्वतन्त्र सांसद महावीर पुन यतिबेला आफ्नै आत्मकथात्मक पुस्तकको प्रचार–प्रसार र बिक्रीमा सक्रिय देखिएका छन्।
सांसदको जिम्मेवारी सम्हालिरहँदा पनि उनले बिदाको दिन शनिबारलाई सदुपयोग गर्दै काठमाडौँको कोटेश्वर चोकमा स्वयं उपस्थित भई पुस्तक बिक्री गरिरहेका छन्।
सार्वजनिक जीवनमा व्यस्त रहँदा पनि आफ्ना अनुभव समेटिएको पुस्तक पाठकमाझ पुर्याउन उनले व्यक्तिगत रूपमा देखाएको सक्रियताले धेरैको ध्यान खिचेको छ।