ठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनपछि बिहीबार (चैत १९) बस्न लागेको पहिलो बैठकमा नेपाली कांग्रेसका तर्फबाट दलीय आधारमा सांसद भीष्मराज आङ्देम्बेले सम्बोधन गर्ने भएका छन् ।
यस दिन दिउँसो २ बजे सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बस्ने बैठकमा सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् । कांग्रेसका तर्फबाट आङ्देम्बेले सम्बोधन गर्ने तय भएको उक्त पार्टीका सांसद मोहन आचार्यले जानकारी दिए ।