बलिउडमा ड्र ग्स आपूर्ति र सेवन गर्नेहरुको खोजी गर्दै जाँदा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को निशानामा अब बलिउडका सुपरस्टारहरु शाहरुख खान, रणवीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया पर्ने भएका छन् । एनसीबीका एक अधिकारीले भारतीय अखबार दैनिक भास्करसँग कुराकानी गर्दै शाहरुख, अर्जुन र डिनोको बारेमा धेरै सूचना आएको र रणवीर कपूर पनि संलग्न हुन सक्ने सम्भावना रहेको बताएका हुन् ।
ती अधिकारीका अनुसार अर्जुनले शाहरुखलाई ड्रग्स आपूर्ति गर्थे । डिनो मोरियाले कसलाई ड्रग्स आपूर्ति गर्थे भन्ने प्रस्ट छैन । उनले ड्रग्स आपूर्ति गर्ने व्यक्ति रणवीर कपूर हुन सक्ने विश्वासु गरिएको छ । एनसीबीका ती अधिकारीले पहिचान नखुलाउने गरी भास्करलाई बताएअनुसार ए, डि, एस, आर नाम बाहिर आएको र यी नामहरु ए भन्नाले अर्जुन, डि भन्नाले डिनो, एस भन्नाले शाहरुख भएको र आर भन्नाले रणवीर हुन सक्ने बताए ।
सुशान्तको निधनपछि कलाकारको भागाभाग ! यो जोडी पनि पर्यो फन्दामा
सुशान्त सिंह राजपुतको मृत्युपछि यस विषयमा उनकी गर्लफ्रेण्ड रिया चक्रवर्तीसँग गरिएको सोधपुछबाट खुल्न थालेको बलिउडको ला गूऔषधको जालो खुल्दै जान थालेको छ । अब बलिउड फिल्म अभिनेत्री हुँदै यो जालो टेलिभिजन अभिनेत्रीसम्म पुगेको छ । पछिल्लो पटक नारकोटिक्स कन्ट्रोल ब्यूरोले टेलिभिजन अभिनेत्री अबिगेल पाण्डेको घरमा खानतलासी लिँदा लागूऔषध गाँजा बरामद गरेको छ ।अबिगेल आफ्ना ब्वाइफ्रेण्ड सनम जौहरसँग बस्छिन् ।
उनीहरु बस्ने घरमा गाँजा पाएको हो । ब्यूरोलाई यी दुईको बारेमा यसअघि पक्राउ परेका ड्र ग्स डिलरले बताएका थिए । एनसीबी सूत्रका अनुसार अबिगेल र सनमले घरमा गाँ जा पिउने गरेको पाइएको छ र उनीहरुविरुद्ध ला गूऔषध सेवनको केस चलाइनेछ । उनीहरुलाई एनसीबी मुम्बइमा बयान दिनको लागि बोलाइएको छ ।