काठमाडौँ – नेपाली काँग्रेसको संस्थापनइतर समूहको बैठक आज पुनः सुरु भएको छ। हिजोबाट सुरु भएको बैठक आजका लागि स्थगित गरिएको थियो।
पार्टीभित्र बढ्दै गएको विवादका बीच, पूर्णबहादुर खड्का-शेखर कोइराला समूहले छुट्टै छलफल सुरु गरेको हो।
धुम्बाराहीस्थित स्मार्ट होटलमा बसेको बैठकमा १४औँ केन्द्रीय कार्यसमितिमा रहेका सदस्यहरू सहभागी छन्। आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे पनि सहभागी छन्, जो हिजोको बैठकमा उपस्थित थिएनन्।
हिजो (मंगलबार)को बैठकमा ८४ जना नेताहरू सहभागी भएका थिए भने बैठकमा सहभागिताका लागि ११४ जनालाई जानकारी गराइएको थियो। आजको बैठकमा सरिता प्रसाईँ, गोविन्दबहादुर शाह र गोमा भट्टराई पनि उपस्थित छन्।