लगातार बढिरहेको सुनचाँदीको मुल्य आज घटेको छ ।
नेपाली बजारमा सुनको मुल्य अघिल्लो दिनको तुलनामा केही मात्रामा घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार ५ सय मा कारोबार भएको छ भने तेजावी सुन ९४ हजार मा कारोबार भैरहेको छ । आजको मुल्य अघिल्लो दिनको तुलनामा २ सय ले कम हो ।
सुनको मुल्य घट्दा चाँदीको मुल्यमा पनि केही गिरावट आएको छ । चाँदीको मुल्य तोलामा १५ रुपैंया घटेर ११ सय ७५ मा कारोबार भैरहेको महासङ्घले जनाएको छ ।
असोज महिनाको १५ दिनको ग्राफ हेर्दा असोज २ गते यो महिनाकै उच्च मुल्यमा सुनचाँदीको कारोबार भएको थियो । उक्त दिन सुनको मुल्य ९७ हजार २ सय पुगेको थियो भने चाँदीको मुल्य १३ सय २० पुगेको थियो । त्यस्तै असोज ८ गते यो महिनाकै कम मुल्यमा सुनचाँदीको कारोबार भएको थियो । उक्त दिन सुनको मुल्य तोलामा ९३ हजार १ सय मा कारोबार भएको थियो भने चाँदीको मुल्य ११ सय २० मा कारोबार भएको थियो ।
तलको तालिकाबाट हेर्नुहोस् असोज महिनाको सुनचाँदीको मुल्यसूची