काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी मुख्यालय च्यासलमा केहिबेर अगाडि सुरु भएको हो ।
बैठकले पूर्वप्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर उत्पन्न परिस्थितिको विश्लेषणसहित पार्टीको आगामी कदमबारे निर्णय लिने नेताहरूले बताएका छन् ।