काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई बधाई दिँदै सरकारका सकारात्मक प्रयासहरूमा रचनात्मक सहयोग र साथ रहने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै थापाले प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई सफल कार्यकालको कामना गरेका हुन् । उनले देशको समुन्नति, नागरिक अधिकारको संरक्षण र सुशासनका लागि सरकारले अघि बढाउने प्रयासहरूमा आफ्नो पार्टीको सहयोग रहने स्पष्ट पारेका छन् ।
थापाले भनेका छन्, “हार्दिक बधाइ तथा शुभकामना ! नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु। देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना !”