काठमाडौँ । जेन जेड आन्दोलनका क्रममा भागेका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ। उनी काठमाडौँस्थित केन्द्रीय कारागारबाट फरार भएका थिए।
जिल्ला प्रहरी कार्यालय सिरहा र कर्जन्हा प्रहरी चौकीको संयुक्त टोलीले प्राप्त सूचनाको आधारमा सोमबार करिब ३८ वर्षीय अञ्जनी कुशवाहालाई नियन्त्रणमा लिएको हो।
उनलाई कर्जन्हा नगरपालिका-७, मरेवास्थित आफ्नै निवासमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भुक्तान गरिरहेका उनी उक्त आन्दोलनको क्रममा फरार भएका थिए।
फरार भएपछि गाउँमै लुकेर बसेको सूचना प्राप्त भएपछि खोजी कार्य तीव्र पारिएको र सोही क्रममा पक्राउ गरिएको जनाइएको छ।