काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ को नतिजाले पुराना दलहरूलाई रास्वपाले निकै ठूलो धक्का दिएको छ ।
देशभरबाट प्राप्त अन्तिम मतपरिणाम तथा मतान्तरको तथ्याङ्क विश्लेषण गर्दा राष्ट्रिय स्वतन्त्र रास्वपाका ६७ उम्मेदवारहरूले २० देखि ५० हजार बढीको विशाल मतान्तरसहित सानदार जित हासिल गरेका छन्।
परम्परागत शक्तिहरू नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरूलाई ठूलो अन्तरले पछि पार्दै रास्वपाले देशैभर प्रत्यक्षमा कुल १२५ सिट जितेको छ ।
५० हजार मतको अन्तरमा विजयी हुने उम्मेदवार हुन् रुपन्देही-३ का डा. लेखजंग थापा । उनले कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ को मतअन्तरमा हराए । थापाले ५८ हजार ८ सय १४ मत ल्याउँदा कांग्रेसका गुरुङले ८ हजार ४ सय ३५ मत ल्याए ।
यो निर्वाचनमा ४० देखि ५० हजारबीचको मतान्तरमा चुनाव जित्नेमा झापा-५ मा बालेन शाह देखि मोरङ ६ कि रुबिना आचार्यसम्म छिन् । एमालेको किल्ला भत्काउँदै पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले रास्वपाका बालेन शाहले ओली भन्दा ४९,६१४ मत बढी ल्याएर चुनाव जिते । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याउँदा ओलीको जम्मा १८ हजार ७ सय ३४ मत ल्याए । जबकी यो क्षेत्रमा ओलीले विगतमा ६ वटा निर्वाचन जितिसकेका छन् ।