काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा वरिष्ठ नेता बालेन्द्र साहसँग टेलिफोनमार्फत संवाद गरेका छन्।
सोमबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री मोदीले दुवै नेतासँग सौहार्दपूर्ण कुराकानी भएको उल्लेख गरेका छन्। उक्त संवादका क्रममा उनले हालै सम्पन्न निर्वाचनमा प्राप्त सफलताका लागि लामिछाने र उनको दललाई बधाई दिएको बताएका छन्।
मोदीले आगामी दिनमा बन्ने नयाँ सरकारको प्रक्रियाका लागि शुभकामना व्यक्त गरेको पनि जनाएका छन्। साथै दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै आपसी समृद्धि, विकास र नागरिकको हितका लागि भारत सहकार्य गर्न तयार रहेको सन्देश आफूले दिएको उनको भनाइ छ।
प्रधानमन्त्री मोदीले भारत–नेपाल सम्बन्ध आगामी वर्षहरूमा थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्दै साझा प्रयासमार्फत द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा व्यक्त गरेका छन्।