काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले अनुशासन कार्यविधि-२०८२ पारित गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको हो ।
बैठकमा कपिलवस्तु लगायत केही जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका व्यक्ति, निजका प्रस्तावक समर्थक तथा पार्टी अनुशासन विपरीत क्रियाकलापमा संलग्न सदस्यहरूका सम्बन्धमा समेत छलफल भएको पार्टी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।