कालिकोटको नाग्ममा पहिरोमा परी दुई महिने शिशुसहित ९ जनाको ज्यान गएको छ । आज बिहान गएको पहिरोमा पुरिएर मृत्यु हुनेमा शुभकालिका गाउँपालिका-६ का ४० वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र दुई महिनाको छोरा अक्कल शाही छन् ।
त्यस्तै ज्यान गुमाउनेमा तिलागुफा नगरपालिका १ स्थायी ठेगाना भएका ३० वर्षे टेक बहादुर दमाई, सोही स्थानकी २५ वर्षिया छोईलु दमाई, ६ वर्षिया गजेन्द्र दमाई र ३५ वर्षिया मन्जुर दमाइ र सुर्खेत भेरीगंगा नगरपालिका स्थायी ठेगाना भएका ४५ वर्षे आईटी खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यलय कालिकोटले जनाएको छ ।
प्रहरीका अनुसार शाही परिवारका सदस्यहरु नाग्म बजारमा किराना पसल गरी बस्दै आएका थिए।
पहिरोमा परेर गम्भीर घाइते भएकी प्रयाग शाहीकी श्रीमती ३५ वर्षीया पुन्ना शाही र तिलागुफा नगरपालिका–३ का ११ वर्षीय अर्जुन हमालको उद्धार गरि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पुर्याइएको छ ।
उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जुम्लामा रहेका हाम्रा सहकर्मी बालगोपाल देवकोटाले बताएका छन् ।
र यो भिडियो पनि हेर्नुहोस्