काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीबीच बुधबार औपचारिक छलफल भएको छ।
राष्ट्रपतिको सचिवालयका अनुसार प्रधानमन्त्री कार्की बिहान करिब १० बजे राष्ट्रपति निवास शीतल निवास पुगेकी थिइन्। करिब आधा घण्टा चलेको भेटका क्रममा दुबै पक्षबीच आपसी चासोका विषयमा विचार–विमर्श भएको जनाइएको छ।
छलफलमा आगामी निर्वाचनको तयारी तथा वर्तमान राजनीतिक परिस्थितिबारे केन्द्रित संवाद भएको सचिवालयले जानकारी दिएको छ।
भेटवार्ता नियमित परामर्श प्रक्रियाअन्तर्गत सम्पन्न भएको बताइएको छ।