काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हालको निर्वाचनका सन्दर्भमा अन्य राजनीतिक दलसँग सहकार्य गर्ने विषयमा कुनै निर्णय नभएको स्पष्ट पारेका छन् ।
झापामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पार्टीले सबै निर्वाचन क्षेत्रहरूमा आफ्नै उम्मेदवार अघि सारेको र त्यसअनुसार चुनावी अभियान सक्रिय रूपमा सञ्चालन भइरहेको जानकारी दिएका हुन् । उनका अनुसार पार्टी संगठन र मतदाता सम्पर्कमा केन्द्रित भएर प्रचारप्रसार अघि बढाइएको छ ।
अध्यक्ष लिङ्देनले विशेष गरी नेकपा एमाले वा अन्य कुनै दलसँग चुनावी तालमेल गर्ने विषयमा अहिले कुनै छलफल वा योजना नरहेको बताएका छन् ।
यसअघि केही निर्वाचनमा झापासहित विभिन्न जिल्लामा एमाले र राप्रपाबीच सहकार्य भएको भए पनि यसपटक पार्टीले स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने रणनीति अपनाएको संकेत उनका अभिव्यक्तिबाट झल्किएको छ ।