काठमाडौँ । नेपाल सरकारका पूर्वसचिव जनकराज जोशी नेपाली काँग्रेसमा आबद्ध भएका छन्। उनी शुक्रबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा काँग्रेसमा औपचारिक रूपमा सहभागी भएका हुन्।
उक्त अवसरमा पार्टी सभापति गगन थापाले जोशीलाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा काँग्रेस नेतृत्व तथा पार्टीका जिम्मेवार पदाधिकारीहरूको उपस्थिति रहेको जनाइएको छ।
यसै अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसकी पूर्व उपाध्यक्ष रही यसअघि पार्टी गतिविधिबाट अलग भएकी रीता खनाल पनि पुनः नेपाली काँग्रेसमा समाहित भएकी छन्।
पार्टीले विभिन्न पृष्ठभूमिका व्यक्तिहरूको पुनः सहभागितालाई संगठन सुदृढीकरणका रूपमा लिएको जनाएको छ।