काठमाडौँ । मंगलबार दिउँसो ३ बजेसम्म देशभर ११ सय ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले ३ बजेसम्म देशभर मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनेको संख्या १ हजार १ ९५ जना पुगेको जानकारी दिए ।
उनका अनुसार उम्मेदवारी दर्ता उत्साहजनक र शान्तिपूर्ण भइरहेको छ । आयोगले उम्मेदवारी दर्ताको समय बिहान १० बजेदेखि ५ बजेसम्म तोकेको छ ।