काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।
सभापति देउवाले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको केन्द्रीय सदस्यले जानकारी दिए । यसअघि देउवाले आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए ।
देउवाको अस्वीकारबीच अहिले विशेष महाधिवेशन जारी छ । महाधिवेशनको बन्द सत्रमा दुई महामन्त्रीले छुट्टाछुट्टै प्रतिवेदन पेश गरेका छन् ।
साथै, विशेष महाधिवेशनमा कार्यविधि समेत पारित भएको छ । उक्त कार्यविधि पारित भएपछि देउवाले आफू निकटस्थ नेताहरूलाई छलफलमा बोलाएका हुन् ।