काठमाडौँ । कुलमान घिसिङलाई उपसभापति बनाउने गरी रास्वपा सभापति रवि लामिछानेसँग सहमति भएको छ । उनीहरूबीच अहिले सहमतिको ड्राफ्टमा हस्ताक्षर हुँदै छ ।
स्रोतका अनुसार, घिसिङलाई पार्टीको उपसभापति बनाउने गरी सहमति भएको हो । त्यस्तै, १८ जना समानुपातिकमा कुलमान घिसिङको टिमबाट समावेश हुने पनि सहमति भएको छ ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुने गरी यसअघि नै सहमति भइसकेको थियो । उक्त सहमतिमा असन्तुष्ट देखिएका कुलमानसँग पटक पटक छलफल भएको थियो । सोमबार काठमाडौँमा उनीहरूबीच पुनः भएको छलफलमा सहमति जुटेको हो ।