काठमाडौँ। सञ्चार मन्त्री जगदीश खरेलले चुनावमा जाने कुरामा एमालेको कुनै असहमति नभएको बताएका छन् । गुण्डु पुगेका उनले एमाले अध्यक्ष केपी ओलीले सुरक्षाको बारेमा प्रश्न उठाएको बताए ।
उनले सरकारको तर्फबाट चुनावको वातावरण बनेको जानकारी गराउँदै भोट माग्ने र भोट हाल्ने अवस्था सुरक्षित रूपमा बन्ने कुरामा आश्वस्त पारेको बताए ।
ओलीलाई सरकारले लगाएको स्थान हदबारेको प्रश्नमा उनले भने, ‘सरकारको लक्ष्य नै निर्वाचन हो, यो लक्ष्य प्राप्तिको लागि कुनै अल्झन्, अप्ठ्यारा, चुनौतीहरू छन् भने, त्यसलाई सहज बनाउनुपर्नेछ भने निर्वाचनको गन्तव्यमा पुग्नको लागि सरकारले त्यो खालको वातावरण बनाउँछ, बनाएरै अघि बढ्नुपर्छ ।’