काठमाडौँ। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह, ऊर्जा मन्त्री कुलमान घिसिङ र रास्वपा सभापति रवि लामिछानेबीच आज साँझ फेरि भेटवार्ता हुने भएको छ ।
उनीहरूबीच आजै साँझ पुनः छलफल गर्ने तयारी गरिएको हो । यसअघि आज बिहानैबाट ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा बालेनले छलफल गरिरहेका छन् ।
रवि पनि छलफलका लागि पुगेका थिए । त्यसपछि अहिले विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।
स्रोतका अनुसार, रविले आफू पनि पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर पुनः आउने बताएर फर्किएका थिए ।