काठमाडौँ । मधेस प्रदेशमा सभामुख चयनका लागि आज मतदान हुँदै छ । प्रदेशको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेकामा आइतबार निर्वाचन हुन लागेको हो ।
नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसाद र सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादवले उम्मेदवारी दर्ता गराएका छन् ।