काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका नेता सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।
‘विप्लव, प्रवक्ता खड्गबहादुर विश्वकर्मासहितका नेता-कार्यकर्ता आयोग पुगेर सनाखत गरे । विप्लव नेकपाले यसअघि नै दल दर्ताको निवेदन दिएको थियो ।
दल दर्ताका लागि आवश्यक कागजातसहित सनाखतका लागि आयोगले बोलाएपछि उनीहरू आज सनाखत गर्न गएका हुन् ।
दल दर्तासँगै विप्लव नेतृत्वको नेकपा पनि अब चुनावमा जाने भएको छ ।
देश र जनताको चाहना र अहिलेको वस्तुस्थितिलाई बुझेर आफूहरू दल दर्ता प्रक्रियामा लागेको नेताहरूले बताएका छन् ।