काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । देउवा पत्नि आरजु राणा देउवासहित थप उपचारका लागि सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।
जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएका थिए । तर, थप उपचारका लागि भन्दै देउवा दम्पती गए राती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।