काठमाडौँ । ५ वर्षपछि भारत र चीनबीच पुनः प्रत्यक्ष हवाई उडान सुरु भएको छ ।
सोमबार भारतको कोलकाताबाट करिब १८० यात्रु लिएर इन्डिगो एयरलाइन्सको फ्लाइट ६ई-१७०३ सोमबार चीनको ग्वाङ्जाउ अवतरण भएका हुन् ।
यससँगै करिब पाँच वर्षपछि भारत र चीनबीच प्रत्यक्ष हवाई उडान पुनः सञ्चालनमा आएको हो।
कोभिड महामारीको समयमा सन् २०२० को सुरुवातमै दुवै देशबीचको प्रत्यक्ष उडान स्थगित गरिएको थियो।
अहिले दुवै देशबीचको सम्बन्ध क्रमशः सुधारिँदै गएको बताइएको छ । गत वर्ष दुवै पक्षले सीमा क्षेत्रमा गस्तीसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका थिए।
यस वर्ष अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि चीन भ्रमणमा गएका थिए र सोही महिनामा चीनका विदेशमन्त्री वाङ यी पनि भारत आएका थिए।