काठमाडौँ। थाई एयर एसियाले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि पुनः उडान थालेको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार थाइ एयर एसियाले बैंकक-भैरहवा-बैंकक सातामा दुई उडान गर्दैछ । आइतबार र बुधबार यहाँ नियमित उडान गर्ने गरी कम्पनीले उडान तालिका स्वीकृत गराएको थियो ।
अहिले भैरहवामा नियमित उडान गर्ने कम्पनीमा थाई एयर एसिया एक्लो कम्पनी बनेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्सले समेत यहाँ नियमित उडान गर्न सकेका छैनन् ।