काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको बैठक आइतबार बस्दै छ। बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च:मतिमा बस्नेछ ।
बैठकका लागि छलफल हुने एजेण्डाहरुमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठक तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना, विविध लगायत रहेको प्रवक्ता मनिष झाले जानकारी दिए।