काठमाडौँ। मधेश प्रदेशमा सत्तारुढ दलहरूको बैठक बस्दैछ । पाँच दल सम्मिलित सत्तारुढ दलहरूको बैठक बिहान ११ बजे रौतहटको चन्द्रनिगाहपुरमा बस्ने भएको हो ।
मधेश सरकारमा जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी सहभागी छन् ।
बैठकमा सरकार विस्तार, मन्त्रालय भागबण्डा, सरकारको टिओआर, सरकारले विश्वासको मत लिने लगायतको विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा जनमतबाट फुटेको नयाँ दल जनस्वराज र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा समेट्ने प्रयासबारे पनि छलफल हुने छ । गत असोज २९ गते पाँच दलको समर्थनमा लोसपाका नेता जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका थिए ।
उनले जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिष पटेललाई बिना विभागीय मन्त्री नियुक्त गरेका छन् ।
सत्तापक्षीय दलहरूभित्र मन्त्रालयको भागबण्डा नटुंगिदा एक सातासम्म पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । बिना विभागीय मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छैन ।