
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर २७ गतेदेखि पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका छन् ।
आजको केन्द्रीय कमिटी बैठकमा ओलीले मङ्सिर २७, २८ र २९ गते पोखरामा महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति औपचारिक रूपमा टुंगो लगाउने छ ।