
काठमाडौँ । निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली सेनाको सुरक्षाबाट बाहिरिएका छन्।
आजदेखि ओली सेनाको सुरक्षा बिटबाट बाहिर निस्किएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले प्रशासनलाई जानकारी दिएका छन्।
ओलीको भक्तपुर बालकोटस्थित घर जेन जेड आन्दोलनका क्रममा क्षतिग्रस्त भएकाले उनका लागि सूर्यविनायकस्थित एउटा घर भाडामा लिइएको एमाले निकट स्रोतले जनाएको छ।