
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलको टिकटबाट आउने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।
जेन जेड आन्दोलनमा सहिद भएकाहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त घोषणा गरेका हुन् ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ गतेबाट सुरु हुँदैछ ।