
काठमाडौं- नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्ना पार्टीबाट निर्वाचित सांसदहरू राजीनामा दिने तयारीमा रहेको बताएकी छन् ।
सङ्घमा नाउपाका ४ र प्रदेशमा १२ सांसद छन् । सबैसँग छलफल भइरहेको भन्दै राजीमाको तयारी भइरहेको उनले जानकारी दिइन् ।
‘सङ्घ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिनुहुन्छ हामीले तयारी गरिरहेका छौँ’, उनले भनिन् ।
‘देश यत्रतत्र सङ्कटमा छ, युवाहरूको रगत सडकमा बगिरहेको छ, जनताको आवाज दबाइएको छ। यस्ता क्षणमा सांसद भएर कुर्सीमा बसिरहनु मेरो लागि पद होइन अपराध सरह लाग्छ । मेरो नैतिकता, मेरो आत्मा, मेरो विवेकले मलाई चुपचाप बस्न अनुमति दिन्नँ’ उनले सामाजिक सञ्जालमा बिहानै लेखेकी थिइन् ।