
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले परिस्थितिको आकलन गर्न नसकेर गम्भीर गल्ती गरेका बताएका छन् ।
अनलाइनखबरसँग शर्माले जेनजीको आवेग बुझ्नु सरकारको प्राथमिक दायित्व भए पनि परिस्थितिको आकलन गर्न नसकेको बताए । ‘जेनजीहरूमा जे कारणले आवेग छ, त्यो कुराको सम्बोधन गर्नु सरकारको प्राथमिकता दायित्व हो,’ उनी भन्छन्, ‘जुनसुकै आमाले जन्माएको भए पनि सबै जेन-जी हाम्रा छोराछोरी हुन् ।’
मृतकको संख्या बढेको खबरले आफू स्तब्ध बनेको उनले बताए । ‘अब सरकारले एक कदम पछाडि हटेर परिस्थिति सम्हाल्नुपर्छ,’ शर्मा भन्छन्, ‘सरकारले आफ्नो विश्वास थोपरेर मात्र हुँदैन, नागरिकको विश्वास पनि लिनुपर्छ ।’