
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइने एजेण्डा र नियमित एजेण्डामाथि छलफल हुने बताइएको छ।