
काठमाडौँ । पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग सभामुख देवराज घिमिरेले छलफल थालेका छन् ।
सिंहदरवारस्थित सभामुख घिमिरेको कार्यकक्षमा छलफल भइरहेको हो ।
समसामयिक विषय, संसद्को क्यालेन्डर र भोलिको संसद् बैठकको तयारीबारे सभामुख घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् ।
बैठकमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक छन् ।