
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन्।
दिउँसो २ बजे काठमाडौँको थापा गाउँमा कार्यालय उद्घाटनको कार्यक्रम राखिएको उनको सचिवालयले जनाएको छ।
उक्त घर मदन भण्डारीको हीरक जन्म जयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिइएको हो।
उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने छन्।