
काठमाडौं– सत्ता गठबन्धन ठूला सना दलको बैठक सिंहदरबारमा मंगलबार बसेको छ।
नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा डाकिएको बैठकमा कांग्रेससहित एमाले, जसपा, लोसपा, जनमतका नेता सहभागी छन्।
सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पनि बैठकमा सहभागी भएकी छन्।