
काठमाडौं– संवैधानिक आयोगमा नियुक्ति गर्ने संवैधानिक परिषदको सदस्यबाट उपसभामुख इन्दीरा मगरलाई आउट गरी कांग्रेसको सहभागीता गराउने सत्ता साझेदार दुई दलले निधो गरेकाछन्।
यसका लागि संवैधानिक परिषदको सदस्य रहने उपसभामुख मगरविरुद्ध महाअभियोग दर्ता गराउने तयारी कांग्रेस र एमालेले गरेका छन्।
त्यसको पूर्वसन्ध्यामा कांग्रेसले पदाधिकारी बैठक राखेको छ भने एमालेले संसदीय दलको बैठकमा भटाभट हस्ताक्षर संकलनको काम जारी राखिएको छ।
सदनमा भिजिट भिसाको विषय सेलाउन नपाउँदै उपसभामुख मगरको लेटरहेडमा अमेरिकाको भिसा दिनका लागि गरिएको सिफारिसको ‘चिर्कटो’लाई सत्ताधारी दलले मुद्दा बनाएका छन्।
यसअघि पनि यो मुद्दा सदनमा तिव्र बहसमा ल्याइएको थियो।
यसो गर्दा संवैधानिक परिषदमा कांग्रेसको सहभागीता गराउन उपसभामुख निर्वाचित गराउने दुई दलको योजना रहेको बुझिन्छ।
हस्ताक्षर संकलन र आकस्मिक बैठहरु यहि प्रयोजनका लागि भएको हो या हैन भन्ने विषयमा नाम खुलाएर कुनै नेताले पनि बोल्न चाहेका छैनन्।