
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी प्रकरणमा राजनीतिक प्रतिशोध भएको भन्दै जबरजस्त गलत भाष्य स्थापना गर्न खोजिएको भन्दै आपत्ति जनाएका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले पूर्वमन्त्री, सांसद र बहालवाल मेयर लगायतका विभिन्न व्यक्ति थुनामा रहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध भएको आरोप लगाएकोतर्फ इंगित गर्दै उनले भनेका छन्, ‘एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अरु व्यक्तिमाथि के भएको हो ? अदालतले सबैलाई प्रतिशोध नै साँधेको हो ? सरकारले भनेजसरी नै अदालत चलेको हो त ? सत्तापक्षका मान्छे पनि थुनिएका सरकारले नै भनेर हो त ?’
भिडद्वारा न्यायको हत्या गरेर अभियोग मुक्त हुन खोज्नेहरूबाट यसको जवाफ सधैं माग्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।